+
+
Shares

सुटिङमा सुस्मिताले बनाइन् कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १० गते १८:०६

१० वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले मंगलबार राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

सुस्मिताले २४० पूर्णाङ्कमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै कीर्तिमान कायम गर्दै स्वर्ण जितिन् । २२७ अंकमा आर्मीकी कल्पना परियार दोस्रो तथा २०३ अंकमा प्रहरीकी अस्मिता राई तेस्रो भइन् ।

नेपालगञ्ज रंगशालास्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताअन्तर्गत सोही स्पर्धाको पुरुषमा प्रदेश ५ का अर्नव घिमिरे पहिलो भए । उनले कुल २४० अंकमा २१६ अंक जोडे । २१४ अंक जोडेका प्रहरीका हरिबहादुर थापा दोस्रो तथा १९६ अंक जोडेका आर्मीका सुरेश चौधरी तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?