Comments Add Comment

कोटेश्वरमा गाडी रोकेर राख्न नपाइने, यात्रु ओराल्न र उकाल्न तोकियो बस स्टप

१० वैशाख, काठमाडौं । कोटेश्वर क्षेत्रमा आइबतारबाट सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वरमा सवारी रोक्न नपाइने गरी ‘पिक एन्ड ड्रप’ लागू गरेको हो ।

अब यात्रुले पनि तोकिएको स्थानबाट मात्रै चढ्न पाउनेछन् । गाडीले यात्रु ओराल्न रुट अनुसार तोएकिो बस स्टपमै रोक्नुपर्नेछ ।

सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले यस्तो व्यवस्था लागू गर्न लागिएको हो । हाल टुँडिखेल आसपास मात्रै यस्तो व्यवस्था लागू छ । अब यसलाई विस्तार गर्न लागिएको महाशाखाले जनाएको छ ।

कोटेश्वर काठमाडौंमा सबैभन्दा बढी जाम हुने चोक हो । यहाँ गुपचुप रुपमा मिनी बसपार्क नै चलाइएको छ । यसका कारण यहाा जामको समस्या भयावह बन्दै गएको छ ।
अबको केही महीनाभित्र महानगरको ३२ वटै वडामा यो व्यवस्था लागू गर्ने योजना छ ।

कुनै पनि सवारी साधनले यसअघि जस्तो लामो समय रोकेर राख्ने र अर्को सावरी साधन नआउन्जेलसम्मका लागि भन्दै अटेर गरे कारवाहीको गरिनेछ ।

कोटेश्वर रुट भएर विभिन्न ठाउँमा जाने थरी-थरी समिति र कम्पनीका सवारी साधन चल्छन् । अब एक सवारी साधनले एक स्थानबाटमात्र यात्रु ओराल्न र चढाउन पाउने छन् ।

तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानूनअनुसार कारवाही हुने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment