Comments Add Comment

महिला भलिबलको उपाधि एपीएफलाई

Photo Credit : सरोज तामाङ/अनलाइनखबर

११ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि एपीएफ क्लबले जितेको छ ।

बाँकेस्थित शुक्र भलिबल कोर्टमा भएको फाइनल खेलमा प्रदेश तीनलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ क्लबले स्वर्ण पदक जितेको हो । यता, प्रदेश तीनले भने रजत पदकमै जित्त बुझाउन बाध्य बन्यो ।

२५-११, २५-१३ र २५-१३ को सेटमा पराजित गर्दै एपीएफले प्रदेश तीनलाई स्तब्ध बनाएको हो ।

त्यस्तै, महिला भलिबलमा नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ । आजै भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै कास्य पदक जितेको हो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उपाधि पनि एपीएफ क्लबले नै जितेको छ ।

यो पनि पढ्नुहोस महिला क्रिकेटको उपाधि एपीएफको पोल्टामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment