
११ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ ।
बाँकेस्थित शुक्र भलिबल कोर्टमा भएको फाइनलमा पुलिसले अर्को विभागीय टिम आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले दोस्रो सेट भने गुमाएको थियो ।
पहिलो सेटमा २५–१८ को सेटमा जित हात पारेको पुलिसले दोस्रो सेट भने २५–१८ ले आर्मीलाई सुम्पिएको थियो । तर बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै पुलिसले जित हात पारेको हो । तेस्रो सेट २५–२० र चौथो सेट २५–१८ ले जित्दै पुलिसले स्वर्ण पदक जितेको हो ।
आजै भएको कास्य पदकका लागि भएको खेलमा एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4