+

हार्‍यो आर्सनल, गुमायो चौथो स्थानमा पुग्ने मौका

२०७६ वैशाख  १२ गते ६:१९ २०७६ वैशाख १२ गते ६:१९
हार्‍यो आर्सनल, गुमायो चौथो स्थानमा पुग्ने मौका

१२ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल वुल्भससँग पराजित भएको छ । बुधबार राति भएको खेलमा आर्सनल ३-१ ले पराजित भएको हो । यो हारसँगै चौथो स्थानमा पुग्ने महत्वपूर्ण मौका आर्सनलले गुमाएको छ ।

आर्सनलले तीनवटै गोल पहिलो हाफमा खायो । दोस्रो हाफको अन्तिम समयतिर आर्सनलले एक गोल फर्कायो । वुल्भसले २८ औं मिनेटमै अग्रता लिएको थियो । रुवेन नेवेसले फ्रिकिकलाई गोलमा परिणत गर्दै वुल्भसलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ३७ औं मिनेटमा म्याट डोहेर्टी र पहिलो हाफको इन्जुरी समयमा डिओगो जोटाले अरु एक-एक गोल थपे ।

आर्सनलका लागि सोक्राटिसले ८० औं मिनेटमा एक गोल फर्काए । आर्सनलले गोल गर्ने महत्वपूर्ण अवसरहरु खेर फालेको थियो ।

यो जितसँगै वुल्भस ३५ खेलबाट ५१ अंक बटुल्दै सातौं स्थानमा पुगेको छ । ३५ खेल खेलेको आर्सनल ६६ अंकसहित पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको चेल्सीको ६७ र छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको ६४ अंक छ । म्यानचेष्टर सिटी ८९ अंकसहित पहिलो स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय