Comments Add Comment

म्यानचेस्टर सिटीको प्रभावशाली जित, उक्लियो शीर्ष स्थानमा

१२ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित निकालेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २-० ले हरायो । यो जितसँगै सिटी अंक तालिकाको पुनः शीर्ष स्थानमा पुगेको छ ।

सिटीको जितमा बर्नार्डो सिल्भा र लिरोय सानेले दोस्रो हाफमा गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भए पनि ५४ औं मिनेटमा सिटीले सिल्भाको गोलबाट अग्रता लियो । ६६ औं मिनेटमा सानेले अर्को गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र सिटी २-० को नतिजा हात पार्न सफल भयो ।

यो जितसँगै सिटी पुनः शीर्ष स्थानमा पुगेको छ । सिटीको ३५ खेलबाट ८९ अंक छ । समान खेल खेलेको लिभरपुलको ८८ अंक छ । अंक तालिकामा सिटी र लिभरपुलबीच कडा प्रतिस्पर्धा छ । यसअघि लिभरपुलले सिटीलाई उछिनेको थियो । म्यानचेस्टर युनाइटेड भने ३५ खेलबाट ६४ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment