Comments Add Comment

एक वर्षमा पुनर्निर्माण सकिन्छ : प्रधानमन्त्री ओली

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने दावी गरेका छन् । पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढेको उनको भनाइ छ ।

२०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको चार वर्ष पुगिसके पनि पुनर्निर्माणको काम सन्तोषजनक नभएको भनेर कतिपयले सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

गोरखा भूकम्पको वार्षिकीमा प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘सयौं वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौं लाग्छ । हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौं ।’


गोरखा भूकम्पले सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

५ पुस ०७२ मा पुनर्निर्माण सम्बन्धी ऐन जारी भएर ५ वर्षका लागि गठन भएको प्राधिकरणले १२ पुसमा औपचारिक रुपमा काम सुरु गरेको थियो । प्राधिकरणले काम सुरु गरेको वैशाख १२ गते नै ४० महिना पूरा भइसकेको छ भने अब यसको अवधि २० महिना बाँकी छ ।

हालसम्म निजी आवास पुनर्निर्माण समग्रमा ८० प्रतिशत निर्माण सम्पन्न भइसके पनि पुरातात्विक सम्पदाको पुनर्निर्माण भने बाँकी २० महिनाको अवधिमा सकिनेमा प्राधिकरण नै सशंकित छ ।

यो पनि पढ्नुहोस सम्पदा पुनर्निर्माण : मौलिकतामा हेलचेक्र्याइँ

२०७२ साल वैशाख १२ गते र त्यसपछिका परकम्पहरुबाट ३१ जिल्लामा धनजनको क्षति भएको थियो । भूकम्पपछिको आवश्यकता आंकलन प्रतिवेदन (पिडिएन) अनुसार ८ हजार ७९० जनाले ज्यान गुमाए भने २२ हजार ३०० जना घाइते भए ।

यस्तै ४ लाख ९८ हजार ८५२ निजी घर, २ हजार ६५६ सरकारी भवन र विद्यालयका १९ हजारभन्दा बढी कक्षा कोठा पूर्ण रुपमा क्षति भएका थिए ।

यो पनि पढ्नुहोस सहरी पुनर्निर्माण : हाउस पुलिङको पहिलो प्रयास नै फेल ! यो पनि पढ्नुहोस विस्तारै उठ्दैछ काष्ठमण्डप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment