
१३ वैशाख, काठमाडौं । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले खुल्लामञ्चमा सटरहरुमा डोजर लगाउने बताइसकेका छन् । यहाँका पसलमा शनिबार बिहानै डोजर चल्न सक्ने महानगरपालिका स्रोतले बताएको छ ।
तर, खुल्लामञ्चभित्रै सटरमा पसल थापेर बसेका व्यापारीहरु भने शुक्रबार दिउँसोसम्म मस्तसँग व्यापार गरिरहेका थिए । उनीहरु व्यापारमात्रै गरिरहेका थिएनन्, देशमा नियम कानून र थिति नबसेको भन्दै सरकार, महानगर र मिडियालाई समेत उनीहरुले गाली गरिरहेको भेटियो ।
यतिका दिनसम्म खुल्लामञ्च अतिक्रमण हुँदा नगरपालिका र मिडियाले के हेरिरहेका थिए भन्दै खुल्लामञ्चका पसलेहरुले उल्टै आक्रोश पोखे ।
पाँच करोड अग्रिम भुक्तानी लिएर मनोजकुमार भेटवालको स्वच्छन्द बिल्डर्सले सार्वजनिक जग्गामा ४० वटा सटर निर्माण गरेको छ । एउटै सटर ११ लाख रुपैयाँ सलामी लिएर बिक्री भइरहेको छ ।
त्यहाँका व्यापारीहरुले मासिक ६ हजारदेखि १८ हजार रुपैयाँसम्म तिर्नेगरी सटर भाडामा लिएको बताए । सटर भाडामा लिइसकेका व्यापारीहरु धमाधम सामान बिक्री गरिरहेका थिए । भर्खरै भाडामा लिने व्यापारीहरु डेकोरेशनमा व्यस्त थिए ।
बिहीबार बिहान खुलामञ्च बिक्रीको विरोधमा केहीले प्रदर्शन गरेपछि भने कतिपय व्यापारीहरु त्रसित जस्ता देखिन्थे ।
‘यत्रो भवन बनुञ्जेलसम्म सरकार र मिडिया कहाँ थियो ?’ खुल्लामञ्चभित्रै पसल थापेर चिया बेचिरहेकी सविना खड्काले आक्रोश पोखिन्, के हामीलाई गरिखान नदिने ?’
अर्का व्यापारी मनिष गुप्ता धमाधम पसलको डेकोरेशन गर्दै थिए । ‘सटर लिएको आज ९ दिन भयो, १२ हजार भाडा तिर्नु सहमति भएको छ’ गुप्ताले भने, ‘हामीलाई त केही छैन, बन्द भयो भने ठेकेदार चाहिँ धेरै समस्यामा पर्ला ।’
हेर्नुहोस् भिडियो :
प्रतिक्रिया 4