Comments Add Comment

वेष्टहामसँग हार्‍यो टोटनहृयाम

काठमाडौं । टोटनहृयमले आफ्नो नयाँ स्टेडियममा पहिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा वेष्टहामले टोटनहृयाममाथि १-० को जित निकालेको हो ।

अपि्रलमा टोटनहृयाम हटस्पर स्टेडियममा सरेको उसले यससअघि चार वटै खेल जितेको थियो । तर, वेष्टहामका ६७ औं मिनेटमा एन्टोनिओले गरेको गोलको मदतमा जित निकाल्यो ।

यो हारसँगै टोटनहृयाम पि्रमियर लिगको शीर्ष चारमा रहने अझै सुनिश्चित भएको छैन । उसका दुई खेल बाँकी छँदा ७० अंक छ भने तीन खेल खेल्न बाँकी चेल्सीको ६७, आर्सनलको ६६ र म्यानचेष्टर युनाइटेडको ६४ अंक छ ।

वेष्टहाम भने ४६ अंकका साथ ११ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment