Comments Add Comment

देशभित्रै डाटा राख्ने भारतको प्रस्तावमा फेसबुक संस्थापकले के भने ?

फेसबुक प्रयोगकर्ताका डाटालाई देशभित्रै स्टोर गर्नुपर्ने भारतको मागका विषयमा फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले मुख खोलेका छन् ।

भारतको यस्तो मागमा विचार गर्न सकिने भएपनि यस्तो गर्नु जोखिमपूर्ण हुने उनको भनाइ छ । यदि फेसबुक प्रयोगकर्ताका डाटाहरुलाई सम्बन्धित देशमै स्टोर गर्ने माग फेसबुकले पूरा गर्न थालेमा दुनियाँका कतिपय तानाशाही देशहरुले समेत यस्तो माग गर्नसक्ने र त्यसले फेसबुक प्रयोगकर्ताको गोपनीयता र सुरक्षामाथि खतरा पैदा गर्ने उनको तर्क छ ।

गैरप्रजातान्त्रिक मुलुकहरुले आफ्ना नागरिकको फेसबुक डाटाहरुको दुरुपयोग गर्नसक्ने जोखिम हुन्छ ।

इतिहासकार तथा लेखक युवल नोआ हरारीसँग शुक्रबार कुराकानी गर्दै जुकरबर्गले स्थानीय तबरमै डाटा स्टोरेज गर्ने मागका पछाडि जुन उद्देश्य छ, त्यो निकै महत्वपूर्ण छ ।

भारतीय नागरिक फेसबुक प्रयोगकर्ताका डाटा अमेरिकामा संग्रहित गर्दा सुरक्षित हुने तर भारतमा संग्रहित गर्दा कसरी असुरक्षित हुन्छ भन्ने प्रश्नको उत्तर दिँदै भनेका छन्, ‘मलाई लाग्दछ कि नियत महत्वपूर्ण छ र हामीले भारतलाई अधिनायकवादी देश मान्दैनौँ ।’

उनले भनेका छन्, ‘डाटा लोकलाइजेसनका विषयमा हाम्रो चिन्ता भनेकै यसको खतरालाई लिएर हो । किनकि यदि कुनै ठूलो देशमा फेसबुक ब्लक भयो भने यसले फेसबुक प्रयोगकर्ता र कम्पनीको कारोबारमै असर पार्दछ । तर डाटा लोकलाइजेसन बारेमा हाम्रो सिद्धान्त नयाँ होइन, यो सदैव खतरापूर्ण हुन्छ ।’

हालै भारतमा लागू भएको एक नयाँ कानून अनुसार भुक्तानी डाटा भारतभित्रै संग्रहि गर्नु पर्दछ । साथै डिजिटल भुक्तानी व्यवसायसँग सम्बन्धित कम्पनीहरुले पनि तेश्रो पक्ष लेखापरीक्षण गराउनु पर्दछ ।

यसैबमोजिम ह्वाट्सएपले अहिले भारतमा लोकलाइजेसनका लागि एक थर्ड पार्टी लेखापरीक्षकसँग काम गरिरहेको समाचार पनि आएको छ ।

तथापि जुकरबर्गले भने भारतको माग पूरा गर्ने बित्तिकै दुनियाका अरु देशले पनि यस्तै माग गर्नसक्ने र प्रयोगकर्ताका डाटा दुरुपायोग गर्ने खतरा हुने बताएका छन् । तानाशाही देशका सरकारहरुले यसबाट सजिलैसँग फेसबुक प्रयोगकर्ताको डाटा कब्जामा लिन सक्नेछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment