Comments Add Comment

कोलकाताले मुम्बईलाई ३४ रनले हरायो, रसेलको अलराउन्ड प्रदर्शन

Photo Credit : IPL

१६ वैशाख, काठमाडौं । आईपीएल क्रिकेटमा कोलकाता नाइटराइडर्सले मुम्बई इन्डियन्सलाई ३४ रनले हराएको छ ।

आइतबार इडन गार्डनमा भएको खेलमा कोलकाताले मुम्बई सामु २३३ रनको विशाल लक्ष्य पेश गरेको थियो । तर निर्धारित २० ओभरमा मुम्बईले ७ विकेटको क्षतिमा १९८ रन मात्र बनाउन सक्यो ।

मुम्बईका हार्दिक पाण्ड्याले ३४ बलमा ६ चौका र नौ छक्काको मद्दतमा ९१ रन बनाए । सूर्यकुमार यादवले २६ रन योगदान गरे । तर अन्य ब्याट्सम्यान खुलेर खेल्न सकेनन् ।

कोलकाताका लागि सुनिल नारायण, हेरी गर्नी र आन्द्रे रसेलले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा केबल २ विकेटको क्षतिमा २३२ रन बनाएको थियो ।

शुभमन गिलले क्रिस लिनसँग मिलेर पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरे । शुभमन गिलले ४५ बलमा ६ चौका र चार छक्काको मद्दतमा ७६ रन बनाए । क्रिस लिनले २९ बलमा ५४ रन बनाए ।

त्यसपछि आन्द्रे रसेलले ४० बलमा ६ चौका र ८ छक्काको मद्दतमा अविजित ८० रन बनाए । उनले मुम्बइको २ विकेट लिएका थिए भने हार्दिक पाण्ड्या र क्विन्टन डिककको क्याचसमेत लिएका थिए । अलराउन्ड प्रदर्शन गरेका रसेल म्यान अफ द म्याच भए ।

यो जितसँगै कोलकाताले तालिकामा १० अंक बनाएको छ । १२ खेलमध्ये उसले पाँच जित र सात हार व्यहोरेको छ । अर्को तर्फ मुम्बई इन्डियन्सले १२ खेलमा १४ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा छ ।

आइतबार नै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई १६ रनले हराउँदै दिल्ली क्यापिटल आईपीएलको प्ले अफमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment