
१६ वैशाख, काठमाडौं । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता निराश नभई उत्साहित भएको दाबी गरेका छन् ।
संसदको बजेट अधिवेशनको पहिलो दिन सदनलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले काम गर्न नसकेको र जनता निराश भएको बताएका थिए ।
लगत्तै सम्बोधन गरेका नेकपा संसदीय दलका उपनेता नेम्वाङले त्यसको खण्डन गर्दै भने, ‘यो देशमा अधिकारका लागि आन्दोलन गर्नुपर्दैन । यो विन्दुमा हामी उभिएका छन् । यस्तो अवस्थामा जनता निराश छन् भन्नु कति उपयुक्त हुन्छ ?’
उनले अघि भने, ‘जनता निराश होइन, उत्साहित छन्, खुसी छन् ।’
नेम्वाङले प्रतिपक्षलाई सम्मान गर्ने र साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।
उनले निरंकुशताविरुद्ध आन्दोलन गरेका शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प नभएको बताए ।
तर, यो सिस्टमले परिणाम दिन सकेन भने अमुक प्रधानमन्त्री वा सत्तापक्ष मात्र फेल नहुने भन्दै नेम्वाङले भने, ‘आन्दोलन गरेर हामीले स्थापित गरेको प्रक्रिया फेल हुन्छ । सबै प्रकारका आग्रह पूर्वाग्रहबाट माथि उठेर सफल बनाउन भूमिका निर्वाह गर्नुपर्छ ।’
यो पनि पढ्नुस्–
प्रधानमन्त्रीलाई देउवाको चुनौती : संविधानप्रतिको प्रतिबद्धता कामबाट प्रमाणित गर्नुस्
प्रतिक्रिया 4