Comments Add Comment

नेपाल सान्त्वना जितको खोजीमा

१७ वैशाख, काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिपको दोस्रो चरणको छनोटमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

मण्डलर थिरी स्टेडियममा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार ३ बजेर १५ मा सुरु हुनेछ । यसअघि दुबै खेलमा पराजित हुँदै छनोट चरणबाटै बाहिरिसकेको नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

म्यानमारलाई पराजित गर्दै नेपाल सुखद अन्त्य गर्न चाहन्छ । तर त्यति सजिलो भने छैन । म्यानमार नेपालभन्दा बलियो टिम हो । अंक तालिकामा म्यानमार दोस्रो स्थानमा छ भने उसले तीन अंक बटुलेको छ । नेपाललाई पराजित गर्दै अघिल्लो चरणको ढोका खोल्ने लक्ष्यमा म्यानमार छ ।

आफ्नो पहिलो खेलमा नै बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियासँग ११-१ को फराकिलो अन्तरले पराजित भएको नेपाल आफ्नो दोस्रो खेलमा पनि उब्जेकिस्तानसँग ४-० गोलअन्तरले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment