Comments Add Comment

ट्रकको ठक्करबाट कैलालीमा महिलाको मृत्यु, प्रदर्शनले लम्कीमा तनाव

१७ चैत, कैलाली । कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ज्यान लिने ट्रक चालक सुनील भण्डारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताए पनि स्थानीय भने प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले ट्रक तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् ।

चालकको लापरवाहीले ज्यान गएकाले दोषीमाथि कारबाही गर्नुका साथै मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीहरुको छ ।

आक्रोसित स्थानीयको प्रदर्शनले अहिले लम्कीको अवस्था तनावग्रस्त बनेको छ । अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले प्रदर्शनकारीलाई तितरवितर पार्न केही सेल अश्रुग्यास प्रहार गरिएको अनलाइनखबरलाई जानकारी दिए ।

उनले स्थिति नियन्त्रण बाहिर जान नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएकाले अवस्था नियन्त्रणमा आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment