Comments Add Comment

धर्मेन्द्रको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ बजारमा

पोखरा / कवि धमेन्द्र नेम्वाङको कवितासंग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ विमोचन भएको छ । मण्डला थियटरमा आयोजित एक कार्यक्रममा उनको किताब सार्वजनिक गरिएको हो ।

रंगवादी साहित्य अभियानका एक अभियनता नेम्वाङको उक्त कविता संग्रहमा ३९ कविता संग्रहित छन् । कवि बैरागी काइँला, प्राज्ञ कवि श्रवण मुकारुङ, सिर्जनशील अराजकताका अभियन्ता कवि हाङ्युग अज्ञातलगायतले सार्वजनिक गरेका हुन् ।

प्राज्ञ श्रवण मुकारुङले कवि नेम्वाङ लोकतन्त्रप्रति अत्यन्त विश्वास राख्ने युवा समाजवादी नेता पनि भएको बताएका थिए । उनले धमेेन्द्रका कविता पढेर पनि सोच्नुपर्ने प्रकृतिका भएको विश्लेषण गरेका थिए ।

रंगवादी साहित्य अभियानका एक अभियनता नेम्वाङको उक्त कविता संग्रहमा ३९ कविता संग्रहित छन् । कविताकृति फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।

उनका रातो बाघ, सामान्य बहुरंगवादः एउटा ट्राभलिङ फिलोसोफीको परिकल्पना, युवा विचार युवा नेपालः आमूल परिवर्तनको एक अवधारणा आदि कृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment