+

अन्तर स्कुल फुटबल प्रतियोगितालाई चौधरी ग्रुपको साथ

२०७६ वैशाख  १७ गते १९:१८ २०७६ वैशाख १७ गते १९:१८
अन्तर स्कुल फुटबल प्रतियोगितालाई चौधरी ग्रुपको साथ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर स्कुल फुटबल प्रतियोगिता गर्ने भएको छ । आधारभूत तहदेखि नै फुटबलको विकास गर्ने उद्देश्यले स्कुल लेभलबाट प्रतियोगिता गराउन लागिएको हो ।

प्रतियोगिताको पहिलो चरणमा सात प्रदेशका ५२ जिल्लाका करिव १५०० स्कुल सहभागी हुनेछन् । त्यसपछि प्रदेश स्तरीय प्रतियोगिता हुनेछ । प्रदेशबाट छनोट भएका स्कुलबीच राष्ट्रिय प्रतियोगिता हुनेछ ।

छात्र र छात्रार्फ आयोजना हुने प्रतियोगिताको लागत अनुममान एक करोड ५० लाख छ । प्रतियोगिताका लागि एन्फा र चौधरी ग्रुपबीच सम्झौता भएको छ । सम्झौतालाई एन्फाले एतिहासिक भनेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय