+
+

यसरी सिंगारिँदैछ रातो मच्छिन्द्रनाथ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १७ गते २०:०८

१७ वैशाख, ललितपुर । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथ जात्राका लागि मूर्ति सिङ्गार्ने काम सुरु भएको छ । कलाकारहरुले रातो, कालो र सेतो रङ्गको प्रयोग गरेर मूर्ति सिङ्गार्ने काम गरेका छन् ।

रातो मछिन्द्रनाथको मूर्ति सिंगार्ने काम नेवार समुदायको नेमकुल जातिले गर्छन् ।

हिन्दु धर्मावलम्बीसँगै बौद्ध धर्मावलम्बीले समेत करुणामयका रुपमा आराधना गर्ने रातो मच्छिन्द्रनाथ उपत्यकामा सबैभन्दा लामो समय चल्ने जात्रा पनि हो । जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म चल्ने गर्दछ ।

धार्मिकसाथै साँस्कृतिक महत्वसमेत रहेको रातो मच्छिन्द्रनाथको जात्रामा प्रयोग हुने रथ बनाउने काम पनि अहिले चलिरहेको छ । प्रत्येक १२ वर्षमा बुङ्गमतिबाट सुरु हुने जात्रा हरेक वर्ष पाटनमा हुने गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु : 

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?