+
+
Shares

लगातार तेस्रो दिन सेयर बजार ऋणात्मक

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १९ गते १६:४०

१९ वैशाख, काठमाडौं । लगातार तेस्रो दिन शेयर बजार ऋणात्मक बनेको छ । बिहीबार नेप्से परिसूचक ४.२१ अंकले ओरोलो लागेर १२९४.३९ बिन्दुमा झरेको छ । १ सय ७० कम्पनीको १८ लाख तीन हजार २६ कित्ता शेयर बिहिबार ५८ करोड ७८ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

बिहिबारको कारोबार रकम बजार खुलेको अन्तिम अघिल्लो दिन मंगलबारको भन्दा झण्डै आधा कम हो । मंगलबार ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । शेयर बजार बुधबार सार्वजनिक बिदाका कारण बन्द थियो ।

बिहिबार कारोबारमा आएका १० उपसमूह मध्ये ७ वटा उप समूहको सूचक ऋणात्मक रहृयो भने तीन वटा समूहको सूचक सकारात्मक देखियो । उत्पादन तथा प्रशोधन समूहको सूचक बिहिबार ३८.०८ अंकले बढेको छ भने र्निजीवन बीमा ३७.५५ अंक तथा होटल समूहको सूचक १३.६३ अंकले बढेको छ ।

बिहिबार जीवन बीमा समूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । जीवन बीमा समहूको सूचक बिहिबार १८.६८ अंकले ओरालो लागेको छ । विकास बैंक १०.३२, बैंकिङ्ग ६.७६, लघुवित्त ६.९, जलविद्युत ४.५, वित्त ३ र अन्य समूहको सूचक १.३४ अंकले ह्रास आएको छ । नेपाल बैंकको शेयर बिहीबार सबै भन्दा धेरै १ लाख ५० हजार ३०२ कित्ता ४ करोड ३५ लाख रुपैयाँमा किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?