
२० वैशाख, डडेल्धुरा । करेन्ट लागेर डडेल्धुरामा एक किशोरको ज्यान गएको छ । अमरगढी–१ दह (भेटा) का १८ वर्षीय तेजबहादुर ऐरको करेन्ट लागेर ज्यान गएको हो ।
बोकेको काचो काठ बिजुलीको तारमा छोइँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।
यसैबीच, पीडित पक्षले विद्युत् प्राधिकरण वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेको भन्दै भीमदत्त राजमार्गको स्याउले नजिक करिब १० घण्टा सडक अवरुद्ध गरेका छन् । प्रदर्शनपछि पीडित पक्ष र विद्युत् प्राधिकरण वितरण केन्द्र, डडेल्धुराबीच क्षतिपूर्ति दिने सहमति बनेको छ ।
सवारी राेकिँदा तराईबाट ७ पहाड आउने र जाने यात्रुहरु अलपत्र परेका थिए । अवरुद्ध सडक शुक्रबार बिहान ४ बजेबाट खुलेपछि सवारी गन्तव्यतर्फ लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4