Comments Add Comment

काठमाडौंमा दिउँसै सुनको सिक्री लुटपाट

२० वैशाख, काठमाडौं । सरकारले शान्ति सुरक्षाको अवस्था राम्रो रहेको दाबी गरिरँदा काठमाडौंमा दिउँसै लुटपाटका घटना बढेका छन् । बिहीबार दिउँसो स्वयम्भू ठूलो भर्‍याङमा एक युवकको १५ लाख रुपैयाँ लुटिएको छ ।

बानेश्वर शान्तिनगरमा आरजु ज्वेलर्स संचालन गर्ने खोटाङ दिक्तेलका ४० वर्षीय मनकुमार विक लुटिएका हुन् । सुनको कारोबार गर्न भनी बोलाई नचिनेका तीन जनाले नक्कली सुन दिई रकम लुटपाट गरेका हुन् । त्यसपछि उनीहरु स्कुटर र मोटरसाइकलमा भागेका प्रहरीले जनाएको छ ।

त्यसैगरी बुढानीलकण्ठ नगरपालिका एकताबस्तीमा बस्ने ताप्लेजुङकी ५० वर्षीया खेमा लिम्बुको सुनको सिक्री लुटपाट भएको छ । उनको घाँटीबाटै चार आनाको सिक्री चुडाएर लुटपाट गरेको हो । नम्बर नखुलेको निलो रंगको पल्सर मोटरसाइकलमा आएका अपरिचित व्यक्ति सिक्री लुटेर भागेको पीडितलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

काठमाडौंको बल्खुस्थित डेराबाट धादिङ मैदीका कुसुम भट्टको कोठाबाट बिहीबार बेलुका ३४ हजार रुपैयाँ र सुनका बिभिन्न गर(गहनासमेत गरी करीब १ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँटमा गोविन्द प्रधानको घरबाट बिहीबार नगद ८१ हजार, साढे ५ तोलाको सुनका बिभिन्न गर(गहना, २ वटा मोबाइल र भिडियो क्यामेरा गरी करिब १० लाख ६६ हजार २ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । सबै चोरीको घटनामा प्रहरीले अनुसन्धान र चोरीमा संलग्नको खोजी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment