+
+
Shares

रबडाले आईपीएलको बाँकी खेल नखेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १३:५३

२० वैशाख, काठमाडौं । कागिसो रबडाले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल नखेल्ने भएका छन् ।

दिल्लीले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै जारी आईपीएलको बाँकी खेल रबडाले नखेल्ने उल्लेख गरेको छ । मे ३० देखि इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेट नजिकिदै गर्दा दक्षिण अफ्रिकाले रबडालाई टिममा बोलाएको हो ।

टिममा परेका खेलाडीलाई दक्षिण अफ्रिकाले विश्वकपअघि आफ्ना खेलाडी घाइते हुनसक्ने भन्दै बोलाएपछि रबडा दिल्ली क्यापिटल्सको बाँकी खेल छोडेर गएका हुन् ।

जारी आईपीएलमा रबडा सर्वाधिक विकेट लिने खेलाडी हुन् । तिब्रगतिका बलर रबडाले जारी आईपीएलमा १२ खेलबाट २५ विकेट लिएका छन् । उनको बलिङ इकोनोमी ७.८२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?