+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

ताला फोडेर पसिन् डा. निलम श्रीमानको घर

सुरेश बिडारी सुरेश बिडारी
२०७६ वैशाख २० गते १८:१७

१९ वैशाख, वीरगञ्जमा । वीरगञ्ज महानगरपालिका- ६ माईस्थानका डा. राजेशकुमार साहबिरुद्व उनकी श्रीमती डा. निलमकुमारी साहले दिएको मानसिक-शारीरिक यातना र घर निकाला सम्बन्धी मुद्धामा पर्सा जिल्ला अदालतले अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको छ ।

बाराको कलैया उपमहानगरपािलका- १० मटिहर्वास्थित माइती बस्दै आएकी निलम नेशनल मेडिकल कलेजमा कार्यरत छिन् । श्रीमान र ससुरा गम्भिरा साहविरुद्ध दायर मुद्धामा न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासले १६ वैशाखमा संरक्षणात्मक आदेश जारी गरेपछि डा. निलम ताल्चा फोडेर गृह प्रवेश गरेकी छन् ।

२४ मंसिर २०६९ मा राणीसति मन्दिरमा विवाह भएकी डा. निलमले आफू जस्तै पीडामा रहेका महिलाहरुको दिलमा हिम्मत भर्न पनि यो कदम चालेको बताइन् । ‘हिन्दु परम्परा अनुसार मागी विवाह गरेको भएपनि बारम्बार प्रताडित गर्ने, घरबाट निकाल्ने गरेपछि न्यायालयको शरणमा गएकी हुँ’, उनले भनिन् ।

टिचिङ अस्पतालमा प्रोफेसर रहेका निलमका बुवा निरंजनकुमारले छोरी जानकी मेडिकल कलेजमा एमबीबीएसकोे इन्टर्न गरिरहेको बेला बिबाह गरिदिएको बताउँछन् ।

३५ लाख दाइजो दिएर विवाह गरेर छोरीज्वाई दुबैलाई एकै ठाउँमा बसेर पढ्न चीन पठाएको तर फर्केपछि छोरीलाई दुरोयवहार गर्ने, घरमा बस्न नदिने गर्न थालेको उनले बताए । ‘कहिले चार चक्का चाहियो भन्छन्, कहिले २५ लाख आवश्यक पर्‍यो भन्छन्’, प्रा. डा. कुमार भन्छन्, ‘मैले दिन सक्दिन भन्दा छोरीलाई दुःख दिएका छन् ।’

यता गम्भिरा साह निलमलाई छोरी जसरी राखेको, जनकपुरमा एक वर्ष एमबीबीएस पढाएको, नागरिकता र पासपोर्ट बनाएर चीन पठाएको दाबी गर्छन् । छोरा फर्केर कान्ती बाल अस्पतालमा एक वर्ष काम गरेर थप पढाइका लागि न्युजिल्याण्ड गएको उनले बताए । ‘ऊ अंश लिएर छुट्टै बसेको छ’, साहले भने, ‘अदालतको आदेशपछि मेरो घरको ताल्चा फोड्नु गलत भयो ।’

मुद्धा अदालत पुग्नु अगाडि डा. राजेश र डा. निलमलाई मिलाउने कोसिस गरेका पर्सा जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले अदालतबाट जारी भएको अन्तरिम संरक्षणात्मक आदेश कार्यान्वयन भए नभएको अनुगमन गर्ने र शान्ति सुरक्षा कायम गराउने आफूहरुको जिम्मेवारी भएको बताए ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?