Comments Add Comment

सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड निःशुल्क

प्राथमिक तहका विद्याथीलाई दिवाखाजा

२० वैशाख,काठमाडौं । सरकारले यो वर्षदेखि देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई ‘सेनिटरी प्याड’ निःशुल्क उपलब्ध गराउने भएको छ । महिनावारी भएका बेला छात्राहरुलाई विद्यालय जान प्रोत्साहित गर्न यो व्यवस्था गर्न लागिएको हो ।

विशेषगरि माध्यमिक तहमा अध्ययरत छात्राहरु महिनावारी भएका बेला विद्यालयनै नजाने अवस्था रहेकाले सरकारले नीति तथा कार्यक्रममा सेनिटरी प्याड वितरणको योजना ल्याएको हो ।

संघीय संसदको दुवै सदनलाई शुक्रवार सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेेवी भण्डारीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई शैक्षिक संस्थामै सेनिटरी प्याडको व्यवस्था गरिने जानकारी दिइन् । सरकारले यो व्यवस्था गरेमा देशभरका हजारौं छात्राहरु लाभान्वित हुनेछन् ।

सरकारले गत वर्ष सुरु गरेको विदार्थी भर्ना अभियानलाई निरन्तरता दिइ आगामी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरिसक्ने लक्ष्य राखेको छ ।

प्राथमिक तहमा भर्ना भएको जुनसुकै विद्यार्थीले माध्यमिक तह पूरा गर्ने सुनिश्चित गर्न लक्षित वर्गलाई छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार विकास गरिने र प्राबिधिक शिक्षाका लागि मदन भण्डारी विश्वविद्यालय स्थापना गर्नेसमेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment