
टोरोन्टो । सयभन्दा बढी देशका हजारौं आप्रवासीलाई पछि पार्दै नेपाली समुदायबाट डा. तुलसी धरेल क्यानडामा उत्कृष्ट आप्रवासीको उपाधि नजिक पुगेका छन् ।
नेपाली समुदायमात्र नभएर क्यानडियन समाजलाई समेत पुर्याएको योगदानको आधारमा हरेक वर्ष २५ जना उत्कृष्ट आप्रवासीहरु छनौट गरिन्छ । यसपटक भने नेपाली समुदायबाट डा. धरेल ७५ औं स्थानमा उक्लन सफल भइसकेका छन् । यही मे महिनाको १६ सम्ममा मतदानको आधारमा अन्तिम २५ प्रतिस्पर्धीको छनौट गरिने छ । सबैभन्दा धेरै मत पाउने २५ जनाले उत्कृष्ट आप्रवासीको उपाधि पाउने छन् ।
एसिएन क्यानडिएन एसिएन अवार्ड २०१७ बाट सम्मानित डा. धरेल झण्डै दुई दशकदेखि क्यानडाको टोरोन्टोमा बस्दै आएका छन् । उनी एनआरएनए क्यानडा, एनसीएचसी, कन्सर्न नेपाल, नेपाली साहित्य समाजको संस्थापक सदस्य हुन् । एनसीसीएस टोरोन्टो, क्यानडा मल्टिकल्चर काउन्सिल, एएनए उत्तर अमेरिका, एनसीएनसीलगायतका संघसंस्थामा पनि उनी आवद्ध छन् ।
अब हुने २५ औं स्थानका लागि आफूलाई मत दिएर सहयोग गर्न डा. धरेलले सबै नेपाली समुदायलाई आग्रह गरेका छन् । यसका लागि विश्वभरबाट जसले पनि मतदान गर्न सक्ने उनको भनाइ छ ।
यसैबीच करिव १२ वर्षदेखि टोरोन्टोस्थित सेन्टिनियल कलेजमा अन्तर्राष्ट्रिय बजार विषयमा प्राध्यापन गर्दै आएका डा. धरेल करिब ३ हजार प्राध्यापकहरुको प्रतिनिधित्व गर्दै एकेडेमिक गभर्नर पदमा पनि निर्वाचित भएका छन् ।
आफूले गरेको संघर्ष, समाजका लागि पुर्याएको योगदानको कदरकै कारण यहाँको सरकारले आफूलाई यस स्थानसम्म पुर्याइदिएको भन्दै डा. धरेलले यो क्यानडाबासी नेपालीहरुका लागि गर्वको विषय भएको बताए ।
प्रतिक्रिया 4