Comments Add Comment

परराष्ट्रविद्को लाइब्रेरी सबैका लागि खुल्ला

Photo Credit : चन्द्र आले/अनलाइनखबर

२२ वैशाख, काठमाडौं । परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले प्रयोग गर्दै आएको लाइब्रेरी इच्छुक सबैले प्रयोग गर्न मिल्ने भएको छ । रुसका लागि नेपाली राजदूत रहिसकेका श्रेष्ठले आफ्नो जंको (नेवारी परम्पराअनुसार ७७ वर्ष पुगेपछि गरिने पूजा) को अवसरमा लाइब्रेरी सार्वजनिकरण गरिएको हो ।

बूढानीलकण्ठ–८, भंगालस्थित लाइब्रेरीमा श्रेष्ठले ०२६ देखि संकलन गरेको परराष्ट्र मामिलासम्बन्धी पुस्तक, विभन्न देशसँगको सन्धि सम्झौता, प्रकाशित–अप्रकाशित कार्यपत्र, पेपर कटिङलगायतका अध्ययन सामग्री छन् । लाइब्रेरीमा वर्णानुक्रम अनुसार हरेक देशको सन्दर्भ सामग्री उपलब्ध रहेको उनले जानकारी दिए ।

पूर्व पत्रकारसमेत रहेका श्रेष्ठ ३४ वटा पुस्तकका लेखकसमेत हुन । आफूले पुस्तक लेख्न प्रयोग गरेका सन्दर्भ स्रोतहरू पनि सबैले प्रयोग गर्न मिल्ने गरी राखिएको उनी बताउँछन् ।

श्रेष्ठले अनलाइनखबरसँग भने, ‘लाइब्रेरी रहेको घर र त्यहाँका सम्पूर्ण अध्ययन सामग्री सार्वजनिक सम्पत्ति भयो, अब त्यो मेरो निजी सम्पत्ति रहेन ।’

संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गरेको लाईब्रेरी शनिबार बाहेक दिउँसो दुई बजेदेखि ६ बजेसम्म खुल्ला रहने छन् ।
यो पनि पढ्नुहोस अमेरिकाले ओली र प्रचण्डलाई लडाउन खोज्यो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment