Comments Add Comment

‘कम्युनिस्ट भन्नेहरुले नै शंख घण्टा छाड्न सकेनन्’

२२ वैशाख, काठमाडौं ।

तिमी कर्मको पछि रह्यौं, म भाग्यको पछि रहे
तिमी पुग्यौ आकाशमा म रोएर बसिरहे

नेकपाका नेता केदार न्यौपानले कविताका पंक्ति सुनाउँदै गर्दा हलबाट ताली गुञ्जियो । मार्क्सवादले कर्मलाई र अध्यात्मवादले भाग्यलाई विश्वास गर्ने उनको तर्क छ । उनले कार्ल मार्क्सको सिद्धान्तलाई कठिन भनेर तर्साएकै कारण जनता पर पर भागेको बताए ।

‘कार्ल मार्क्सले प्रवर्द्धन गरेको माक्सवादको ६८ वर्षको लामो इतिहास छ तर यसलाई प्राज्ञिक र बौद्धिकहरुको विषय हो, सर्वसाधरणको विषय होइन भनिएको छ । मानिसहरु मार्क्सवाद सुन्ने वित्तिकै डराउँछन्’ उनले भने । आफूलाई कम्युनिष्ट भन्नेहरु अझै पनि बिहान उठेर नुहाएर मन्दिर जाने, शंख घण्ट बजाउने भन्दै कम्युनिस्ट भन्नेहरु नै बदलिन नसकेको न्यौपानेले बताए ।

कार्ल माक्स २०१ औं जन्म स्मृतिमा वीरगजमा आयोजित ‘मार्क्सवाद र नेपाली समाज ’ विषयक अन्र्तक्रियामा वक्ताहरुले अध्यात्मवादको अन्त्य नभएसम्म मुलुक समृद्ध नहुने धारणा राखे ।

उनले अध्यात्मवादीहरुले सरलीकृत गरेर कुरा बुझाउने गरेका कारण नै उनीहरु सफल रहेको तर्क प्रस्तुत गरे । ‘अध्यात्मवादले यति सरल गर्न सक्छ भने मार्क्सवादले किन सक्दैन ? मार्क्सवाद कति जन जनमा पुगेको छ’ न्यौपानेले प्रश्न गरे ।

नेता न्यौपानले ५ वटा कुरामा ध्यान दिन सके मार्क्सवाद बुझ्न धेरै कठिन नहुने बताए ।

‘प्रत्येक कुरा विश्लेषण गरेर मात्रै बोल्नु, परिवर्तनमा विश्वास गर्ने, परिवर्तनको मूल कारण आफूभित्रै छ, संसार बुझ्न बाँकी छ तर बुझ्न सकिन्छ । प्रमाणित कुरा मात्रै सच्चाई हो’ उनले भने ।

कार्यक्रममा जवाहरलाल विश्वविद्यालयका पूर्वविद्यार्थी सुदीप श्रेष्ठले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको सम्बन्ध र पूँजी पुस्तकका बारेमा चर्चा गरे । ‘१ सय ५० वर्षअघि लेखेको पूँजी पढ्दा अझै पनि आफ्नो गाउँघरकै कथा जस्तो लाग्छ, जेएनयुमा सामाजिक विज्ञान पढ्दा हरेक पुस्तकमा मार्क्सको पूँजीका धेरै कुरा समेटिएको पाए । नेपालमा १४ वटा बुँदा याद गरेपछि कम्युनिष्ट हुन्छ’ उनले भने ।

कार्यक्रममा नेकपाका नेता नागेन्द्र चौधरी, ठाकुररामका प्राध्यापक विरेन्द्र साह र पाठशालाका अध्यक्ष बालगोपाल थापा लगायतले नेपाली समाजमा मार्क्सवादको औचित्य र आवश्कयताका बारेमा धारणा राखे । उनीहरुले तराई मधेसको समाज राजनीतिक, धार्मिक र साँस्कृतिक हिसाबले पिछडिएको समाज भएकोले मार्क्सवादको झनै बढी आवश्यकता रहेको औल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment