
२२ वैशाख, काठमाडौं । अष्ट्रेलिया पुलिसले बलात्कारको आरोप लागेका एक नेपालीलाई अमेरिकामा पक्राउ गरी सिड्नी ल्याएको छ ।
पर्यटक भिसामा अस्ट्रेलिया घुम्न गएका नेपाली नागरिकमाथि सन् २०१७ को जुनमा कार्लटनस्थित एक अपार्टमेन्टमा स्थानीय महिलालाई यौन हिंसा गरेको आरोप लागेको थियो । घटनाको केही दिनमा उनी अमेरिका फर्किए ।
अस्ट्रेलियन युवतीले प्रहरीले उजुरी दिएपछि आरोपितको खोजी सुरु भयो, जनवरीमा खोजीको सूचीमा राखियो । न्यूयोर्कमा पक्राउ परेका उनलाई लस एन्जलस ल्याइयो, जहाँ न्यु साउथ वेल्स प्रहरीले हिरासतमा लिएको छ ।
उनलाई शनिबार सिड्नी ल्याइएको छ र सहमतिविना शारिरीक सम्बन्ध राखेको आरोपमा मुद्दा चलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4