Comments Add Comment

युनाइटेड सिमेन्ट्सको सामाजिक कार्य

२२ वैशाख, काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको युनाइटेड सिमेन्ट्स प्रालिले ललितपुर, लेलेस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्यागलगायतको शैक्षिक सामाग्रीहरू वितरण गरेको छ ।

हरेक बालबालिकाले व्यवस्थित रूपमा शिक्षा प्राप्त गर्नु उनीहरूको अधिकारको विषय हो र यो किसिमको सामाजिक सहयोगले उनीहरूको शैक्षिक स्तरमा टेवा पुर्‍याउने युनाइटेड सिमेन्ट्सको ध्येय रहेको छ ।

यही वैशाख २० गतेका दिन गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरिय प्रहरी प्रभाग चापागाउँका प्रमुख राजकुमार खिउजु, युनाइटेड सिमेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, प्रबन्धक हरी कुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महत लगायतका स्थानीय अभिभावकको उपस्थितिमा सो विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

युनाइटेड सिमेन्ट्सको यो सहयोग स्वागत योग्य रहेको विद्यालय प्रशासनले जनाएको छ । समाजमा रहेर उद्योग धन्दा सञ्चालन गरेपछि यही समाजको हितका लागि विभिन्न कार्य गर्नै पर्छ भन्ने अवधारणा बोकेर अघि बढेको युनाइटेड सिमेन्ट्सले विगतमा पनि यस्ता सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका खानी प्रबन्धक हरी कुमार उप्रेतीले बताए ।

अघिल्लो महिनामा मात्रै युनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकामा निःशुल्क स्वास्थ शिविर आयोजना गरेको थियो । त्यसैले शिक्षा, स्वास्थ, खानेपानी जस्ता आधारभूत कुराहरूमा कुनै पनि सम्झौता नगरी युनाइटेडले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यको निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment