+
+

कांग्रेस-कम्युनिस्टलाई घोक्रेठ्याक्क लगाउँछौं : श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते १३:४०

२३ वैशाख, काठमाडौं । नवगठित समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीले नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसलाई सिंहदरबारबाट घोक्रेठ्याक्क लगाउने दाबी गरेका छन् ।

काठमाडौंमा सोमबार फोरम र नयाँ शक्ति पार्टीको एकिकरण घोषणा कार्यक्रममा श्रेष्ठले भने, ‘हाम्रो पार्टीले काँग्रेस-कम्युनिस्टलाई सिंहदरबारबाट घोक्रेठ्याक्क लगाउँछौं ।’

श्रेष्ठले कम्युनिष्ट र काँग्रेसले भनेको भन्दा आफूहरूले फरक समाजवाद अंगाल्ने दाबी गरे । नयाँ पार्टीले समुन्नत संघीय समाजवाद अंगाल्ने उनको भनाइ छ ।

केन्द्रमा संघीय परिषद र केन्द्रीय समिति, प्रदेशमा प्रदेश समिति र राष्ट्रिय समिति तथा स्थानीय तहमा जिल्ला समन्वय समिति, पालिकास्तरीय समिति र वडा समिति रहने श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?