+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विष्णु पौडेलले संसदमा भने – बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिए सजाय भोग्छु

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते १९:२८

२३ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवास परिसरको जग्गा प्रकरणमा आफू दोषी ठहर भएमा जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

‘ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिन होस्, सत्यतथ्य सार्वजनिक होस् दोषीलाई कडा कानूनी कारबाही होस् भन्ने माग गर्दछु’ उनले भने ‘र म आफू दोषी ठहर भए जुनसुकै सजायँ भोग्न तयार छु ।’

सरकारले व्यक्तिको नाममा गैरकानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वको एवं सार्वजनिक जग्गा सरकारको नाममा फर्काउन चालेको कदमको स्वागत गर्ने पनि नेता पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?