Comments Add Comment

दया भन्छन्–‘जात्रै जात्रा’ हेर्न जादा सोच लिएर जानुहोस्, अपेक्षा नराख्नुहोस्’

नायक दयाहाङ राइले चलचित्र ‘जात्रै जात्रा’ हेर्न जाँदा दर्शकलाई कम अपेक्षा लिएर जान आग्रह गरेका छन् । मिडियासँग कुराकानी गर्दै दयाले भने–‘स्पष्ट रुपमा भन्नुपर्दा, जुन कुराको अपेक्षा गरिन्छ त्यो पुरा हुन नै सक्दैन । विना अपेक्षा जानुहोस् । तपाइको अपेक्षा पुरा गर्छु भनेर न मैले न कसैले ग्यारेन्टी गर्न नै सक्दैन ।’ दयाले आफूले भन्ने, बोल्ने, सोच्ने कुरा अरु मानिससँग मेल खान पनि नसक्ने बताए । उनले भने–‘अपेक्षा जती राखिन्छ, उत्ती नै बढ्दै जान्छ । तपाई आफ्नो सोच लिएर हलमा जानुहोस्, तर अपेक्षा लिएर नजानुहोस् ।’

उनले ‘जात्रै जात्रा’को बिषयमा भने–‘जात्रामा भएको कुरा यसमा नहुन पनि सक्छ । जात्रामा निर्देशकले जुन तरिकाबाट प्रस्तुत गरेका थिए, यसमा फरक कोण खोजेका पनि हुन सक्छन् । दर्शकले पनि एउटा मेकरको कोशिश के हो भनेर वुझ्न आवश्यक छ ।’

दयाले सिक्वेललाई ‘घातक’ निर्णय पनि भनेका छन् । उनले अगाडि थपे–‘सिक्वेल बनाउनु भनेको एउटा मेकरले आफ्नो खुट्टामा आफै बन्चरो हान्नुजस्तो हो ।’ उनले अपेक्षाले निराशा बढाउने भन्दै हरेक चलचित्रलाई फरक तरिकाले लिन आग्रह गरेका छन् ।

जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जात्रै जात्रा’मा नायक दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, बर्षा राउत, रविन्द्र सिंह बाँनिया, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment