२३ वैशाख, काठमाडौं । सोमबार साँझ काठमाडौंको कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
कोटेश्वर चोकबाट तीनकुनेतर्फ मिनी ट्रकहरु पार्किङ गरेको ठाउँमा भेटिएको झोलामा विस्फोटक पदार्थ नभएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।
‘झोलामा विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ’ उनले भने । सोमबार साँझ शंकास्पद झोला भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो ।
साँझको समयमा सडक नजिकै शंकास्पद वस्तु भेटिँदा कोटेश्वर क्षेत्रको यातायात असहज भएको थियो । तीनकुनेबाट कोटेश्वरतर्फ जाने सडक केहीबेर बन्द भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4