Comments Add Comment

नेपालले माघमा कीर्तिपुरमै त्रिकोणात्मक सिरिज खेल्ने

२४ वैशाख, काठमाडौं । नेपालले एकदिवसीय मान्यता पाएको झण्डै दुई वर्षपघि घरेलु मैदानमा त्रिकोणात्मक खेल्न पाउने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार क्रिकेट वल्र्डकप लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ, जसअनुसार नेपालले माघ २२ देखि २९ सम्म घरेलु मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्नेछ ।

यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

तीन वर्षमा ३६ खेल, दुई टोलीले विश्वकप छनोट खेल्ने

आईसीसीले एकदिवसीय मान्यता पाएको ७ एशोसिएट टिमका लागि वल्र्डकप लिग २ को अवधारणा ल्याएको हो ।

अगष्ट २०१९ बाट जनवरी २०२२ सम्म हुने लिग २०२३ मा भारतमा हुने विश्वकपको छनोट प्रतियोगिता समेत हो । लिगमा रहेका हरेक टिमले कुल ३६ एकदिवसीय म्याच खेल्नेछ र आईसीसी वरियताको १४ देखि २० नम्बरमा पर्नेछन् । माथिल्लो दुई टिमले विश्वकप छनोट खेल्नेछ ।

नेपालसँगै स्कटल्याण्ड, यूएई, ओमान, पपुवा न्यूगिनी, नामिबिया र अमेरिकाले लिग २ खेल्नेछन् ।

नेपालको पहिलो खेल ९ महिनापछि

आईसीसीले मंगलबार लिग टुको कुल २१ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपालले आफ्नो पहिलो त्रिकोणात्मक सिरिज घरेलु मैदानमा खेल्नेछ । तर, यो खेल नौ महिनापछि अर्थात आगामी माघ २२ देखि २९ सम्म (५-१२ फेब्रअरी)मा हुनेछ ।

नेपालको क्रिकेट संघ निलम्बनमा छ भने कीर्तिपुर मैदानले पनि एकदिवसीय म्याच खेलाउन अनुमति पाएको छैन । आईसीसीले बनाएको स्वतन्त्र समितिले हालै मात्र २० जिल्लामा पुनः चुनाव गर्नु नपर्ने र अरुमा गर्नुपर्ने परिपत्र गरेको छ । यो सबै प्रक्रिया पुरा भए नेपालले घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्नुअघि प्रतिबन्ध हट्न सक्छ ।

नेपालको दोस्रो त्रिकोणात्मक सिरिज नामिविया, र स्कटल्यान्डसँग हुनेछ । यो सिरिज २०२० को अपि्रल २० देखि २७ तारिसम्म हुनेछ । तेस्रो त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीमा गएर खेल्नेछ ।

नेपालले १ चैत २०७४ मा एकदिवसीय मान्यता पाएको थियो । त्यसपछि नेदरल्याण्डसँग दुई र युएईसँग तीन एकदिवसीय सिरिज खेलेको छ । तर दुवै खेल अवे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment