
२६ वैशाख, विराटनगर । सर्बाेच्चको आदेशपछि अहिले जन्मको आधारमा नागरिकता लिएका बुबाआमाका सन्तानलाई वंशजको नागरिकता वितरण रोकिएको छ ।
गृह मन्त्रालयले परिपत्र गरेपछि मोरङमा जन्मसिद्ध नागरिकका तीन हजार नौ सय १० जना सन्तानले वंशज नागरिकता लिइसकेका छन् । अरु २४ सय जना नागरिकता दिने पालो पर्खिरहेका छन् ।
गृह मन्त्रालयको परिपत्र पछि नागरिकता बनाउनेको भीड बढेपछि जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली सुरु गरेको थियो । गृहको परिपत्रका आधारमा दिइने नागरिकता दिनमा १ सय ५० जनालाई मात्र दिन टोकन वितरण गरिएको थियो । तर पछि घटाएर दिनमा एक सय वटा मात्र टोकन वितराण् गरिको थियो ।
चैतमा वितरण भएको टोकन बिहीबार सकिदै थियो । पुरानो टोकनका ३०० र नयाँ टोकन लिएका २१ सय गरी २४ सय जना नागरिकता पाउने पालो पर्खिरहेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रशासन कार्यालय रंगेली र उर्लाबारीबाट जम्मा ३ हजार ९ सय १० जनाले नागरिकता पाएका छन् ।
उनका अनुसार जेठ २१ गते सम्मका लागि नागरिकता बितरण गर्न टोकन वितरण गरिएको थियो । २०६३–६४ मा मोरङबाट २० हजार ५ सय हाराहारीले जन्मका आधारमा नागरिकता लिएका थिए ।
प्रतिक्रिया 4