Comments Add Comment

मोटरसाइलमा तीन जना बोक्ने यी प्रहरीलाई कारबाही होला ?

२६ वैशाख, काठमाडौं । प्रहरीको काम नियम पालना गराउनु र उलंघन गर्नेलाई कारबाही गर्नु हो । तर प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

प्रसंग हो वौद्ध जोरपाटी सडकको । सडक मर्मत सम्भार नगरेको विरोधमा बिहीबार स्थानीय वासिन्दाले सो सडक खण्ड अवरुद्ध पारे । चार वर्षदेखि सडक मर्मत नगरी अलपत्र छाडेको विरोधमा स्थानीयवासिन्दा विरोधमा उत्रिएका थिए ।

स्थानीयको अवरोधका कारण वौद्ध जोरपाटी सडक बन्द भएको थियो । बन्दका क्रममा एक प्रहरी सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पछाडि दुई जना यात्रु बोकेर हिँडेको देखिए । मोटरसाइकल चालकले नेपाल प्रहरीको बर्दी लगाएका छन्, उनले चलाएको मोटरसाइकलमा अंग्रेजीमा नेपाल प्रहरी लेखिएको छ । तर मोटरसाइकलमा पछाडि दुई जना सर्वसाधारण चढेका छन् । स्थानीयले ठाउँ ठाउँमा पोल ढालेर अवरोध गरेको सडकमा ती प्रहरीले अवरोध छलाउँदै मोटरसाइकल चलाएका छन् ।

सामान्यतया एक जना चढ्ने मोटरसाइकलमा चालकसहित दुई जनासम्म यात्रा गर्न मिल्छ । एउटै मोटरसाइकलमा दुई जना भन्दा बढी यात्रा गरेको देखेमा ट्राफिक प्रहरीले् कारबाहीसमेत गर्छ । तर यी प्रहरीलाई कारबाही होला कि नहोला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment