२६ वैशाख, काठमाडौं । शैक्षिक सत्र २०१८/१९ मा सिबिएसई बोर्डद्वारा संचालित कक्षा १० को बोर्ड नतिजामा डीएभी शुशील केडिया विश्व भारती विद्यालयले बिगतका सबै रेकर्ड तोड्दै प्रथम स्थान हासिल गरेको छ । विद्यालयले नेपालमा रहेका सिबिएसई विद्यालयको सबै रेकर्ड तोडेको हो ।
डीएभी विद्यालयका आदित्य अग्रवालले ९८.६ प्रतिशत अङ्कका साथ प्रथम स्थान हासिल गरेका छन् । दोस्रो स्थानको लागि अर्पित खेतानले ९६.८ प्रतिशत प्राप्त गरे भने आयुश श्रेष्ठले ९६.४ प्रतिशत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् ।
डीएभी विद्यालयबाट सहभागी कुल १४८ परीक्षार्थी मध्ये ३९ जना विद्यार्थीेहरूले ९० प्रतिशत प्रतिशतभन्दा माथिको नतिजा निकालेका छन् भने सहभागी सबै परीक्षार्थी उतिर्ण भएका छन् ।
सिबिएसई कक्षा १२ को बोर्ड नतिजामा समेत डीएभी विद्यालयले नेपालबाट अहिले सम्मकै रेकर्ड तोड्दै उत्कृष्ट नतिजा हासिल गरेको थियो ।
प्रतिक्रिया 4