Comments Add Comment

‘लभ आजकल २’ भर्सेस ‘ शुभ मंगल ज्यादा सावधान’

सन् २०२० मा बलिउडका प्रतिक्षित धेरै चलचित्रहरुविच भिडन्त हुँदैछ । बलिउडमा बिषयवस्तु चल्न थालेपछि अहिले धेरै चलचित्रका निर्माताहरु ठूला स्टारसँग जुध्न पनि पछि पर्दैनन् । सन् २०२० को इदमा सलमान खानको ‘इन्शाअल्ला’ र अक्षय कुमारको ‘सुर्यवंशी’ जुध्ने खबर निकै चर्चामा छ । त्यस्तै २०२० कै क्रिसमसमा आमिर खानको ‘लाल सिंह चड्डा’ र ऋतिक रोशनको ‘क्रिस ४’ एकसाथ रिलिज हुने चर्चा छ ।

अब भने अर्को मितिमा पनि दुई ठुला चलचित्रको भिडन्त पक्का भएको छ । सन् २०२० को भ्यालेन्डाइन डेमा दुई चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ र ‘लभ आजकल २’ एकसाथ रिलिज हुने भएका छन् । ‘शुभ मंगल ज्यादा सावधान’मा आयुष्मान खुरानाको मुख्य भूमिका छ भने ‘लभ आजकल २’मा कार्तिक आर्यन र साराअली खानको मुख्य भूमिका छ ।

यी तीनै कलाकार नयाँ पुस्तामा राम्रो परिचय बनाएका कलाकारहरु हुन् । उनीहरु पनि एक आपसमा जुध्ने भएका छन् । सन् २०२० को भ्यालेन्टाइनलाई ‘लभ आजकल २’ले आफ्नो रिलिज मिति पक्का गरेको थियो । त्यस्तैमा बिहिबार ‘शुभ मंगल ज्यादा सावधान’ले पनि औपचारिक रुपमा सोही मितिलाई पक्का गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment