Comments Add Comment

पाकिस्तानमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

Photo Credit : ICC

२९ वैशाख, काठमाडौं । इंग्ल्यान्डले पाकिस्तानसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा रोमाञ्चक जित हात पारेको छ । घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानलाई १२ रनले पराजित गरेको हो ।

३७४ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३६१ रन मात्रै बनाउन सकेपछि इंग्ल्यान्डले जित हात पारेको हो ।

पाकिस्तानका लागि फखर जमानले उत्कृष्ट प्रदर्शन गर्दै शतकसहित १३८ रन बनाए पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । उनले १०६ बलको सामना गर्दै १२ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजाम र असिफ अलीले समान ५१-५१ रन बनाउँदा कप्तान सरफराज अहमतले अविजित ४१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा तीन विकेटको क्षतिमा ३७३ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जस बटलरले अविजित ११० रन बनाए । उनले ५५ बलको सामना गर्दै ९ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, जासन रोयले ८७ र कप्तान इयोन मोर्गनले अविजित ७१ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment