Comments Add Comment

लिग वान फुटबलमा पीएसजी विजयी, नेयमार र डि मारियाको गोल

२९ वैशाख, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले एंगर्सलाई २-१ गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमार र एन्जल डि मारियाले गोल गरे ।

घरेलु टोलीविरुद्ध खेलको २०औं मिनेटमा नै नेयमारले गोल गर्दै अग्रता दिलाएका थिए । नेयमारकै गोलबाट पहिलो हाफसम्म पीएसजीले १-० गोलको अग्रता बनाएको थियो । खेलको ५८औं मिनेटमा पीएसजीले अर्को गोल थप्न सफल भयो । यो पटक भने डि मारियाले गोल गरेका थिए ।

खेलको ८५औं मिनेटमा डिफेन्डर मार्किन्होसले रेड कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो । यसैको मौका उठाउँदै एंगर्सले खेलको ८८औं मिनेटमा गोल फर्कायो । तर बाँकी समयमा थप गोल गर्न नसक्दा पीएसजीसँग एंगर्स २-१ गोलअन्तरले पराजित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment