Comments Add Comment

दुई एसएसपीको संयुक्त पत्रकार सम्मेलन : अपराध नियन्त्रणमा एकजुट हुने उद्घोष

२९ वैशाख, काठमाडौं । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी प्रमुखले संयुक्त पत्रकार सम्मेलन गरेर अपराध नियन्त्रणमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

प्रहरीको यी दुई निकायबीच राम्रो सम्बन्ध र सहकार्य नभएको विषय पटकपटक सार्वजनिक भइरहँदा नयाँ आएका प्रहरी प्रमुखले एकजुट हुने सन्देश दिन खोजेका हुन् ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा र परिसरका उत्तमराज सुवेदीले संयुक्त रुपमा काम गरेर प्रहरीको साख एक इन्च पनि तल नझर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौं प्रहरी परिसरका प्रमुखको कार्यकक्षमा गरिएको पत्रकार सम्मेलनमा दुवै युनिटका प्रहरी उपरीक्षक (एसपी) पनि उपस्थित थिए । यसअघि पहिलो पटक वसन्त लामा एसएसपी हुँदा महाशाखाका तत्कालिन प्रमुख धिरजप्रताप सिंहलाई बोलाएर पत्रकार सम्मेलन गरेका थिए ।

कार्यक्रममा बोल्दै काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुवेदीले भने अपराध महाशाखा र परिसरले मिलेर काम गर्ने बताए । ‘हाम्रो उद्देश्य र लक्ष्य एउटै हो । एकजुट भएको सन्देश दिन संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका हौं’, उनले भने ।

महाशाखाका एसएसपी थापाले मेचीदेखि महाकालीका अपराधी एकजुट हुँदा प्रहरीमा फुटको सूचना बाहिर आउनु राम्रो नहुने बताए । ‘अपराधी एकजुट हुनुहुन्छ भने हामी अपराधीविरुद्ध लाग्ने प्रहरी चाहिँ किन एकजुट नहुने ?’, उनले प्रश्न गरे ।

उत्यकामा शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने भन्दै उनले आर्थिक, सामाजिक रसाइबर अपराधसँगै सुसुप्त रहेका अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । अपराधीविरुद्ध कानूनी कठोरता अपनाउने एसएसपीद्वयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment