Comments Add Comment

भोलि प्रदेश २ मा सार्वजनिक विदा

२९ वैशाख, जनकपुरधाम । जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश २ सरकारले जानकी नवमीको अवसर पारेर सोमबार प्रदेशभित्र सार्वजनिक विदा दिएको हो ।

यस पटकको जानकी नवमीलाई जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइँदैछ । सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन् । वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । राम नवमीको एक महिनापछि सीता नवमी पर्छ ।

यसैबीच जानकी नवमीको अवसरमा शुभकामना दिँदै प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश नम्बर २ को गरिमालाई समेत विश्वस्तरमा स्थापित गर्ने भएको हुँदा यसपर्वको गरिमाको संरक्षण, स्म्बद्र्धन र प्रचार प्रसारमा प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment