+
+

म्युजिक नेपालका म्यानेजर थापा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते १७:३८

२९ वैशाख, काठमाडौं । प्रहरीले म्युजिक नेपालका म्यानेजर उत्तम थापालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘प्रतिलिपि अधिकार सम्बन्धी उजुरी परेपछि पक्राउ गरेका हौं ।’

चलचित्र मखमली फिल्मको गीतलाई लिएर धनमाया सिलवालले दिएको जाहेरीको आधारमा अनुसन्धान थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?