Comments Add Comment

रियललाई एकपछि अर्को झट्का, सोसिडाडसँग पनि हार्‍यो

३० वैशाख, काठमाडौं । स्पेनिस महारथी टिम रियल मड्रिड पछिल्लो समय पूरै संकटमा परेको छ । च्याम्पियन्स लिग र ला लिगाको उपाधि दौडबाट बाहिरिनु रियलका लागि एउटा नमीठो क्षण थियो । तर, पछिल्ला खेलहरुमा पाएको असफलताले सबैलाई चकित बनाएको छ ।

कमजोर र साना टिमसँग शृंखलावद्ध पराजय व्यहोर्दै आएको रियल मड्रिड साँचिकै खस्किएकै हो ? या विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोलाई बेच्नु रियलका लागि दुर्भाग्य भएको हो ?

रियल हारका विविध कारण होलान् तर अब रियलले के गर्छ ? पूरै टिम परिवर्तन गर्छ वा फेरि प्रशिक्षक ? चासोका साथ हेरिएको छ ।

आइतबार राति भएको खेलमा पनि रियल मड्रिड रियल सोसिडाडसँग ३–१ गोलअन्तरले पराजित भयो । खेलको छैटौं मिनेटमा नै लिएको अग्रता जोगाउन नसक्दा रियलको भागमा फेरि हार नै पर्‍यो । रियल मड्रिडका ब्राहिम डियाजले गोल गर्दै अग्रता दिलाएका थिए । तर २६ औं मिनेटमा मिकेल मिरिनोले गोल गर्दै रियल सोसाइडेडलाई बराबरीमा ल्याए ।

खेलको ५७ औं मिनेटमा जोसेबा जल्डुआले गोल गर्दै रियल सोसाइडेडलाई २–१ गोलको अग्रता दिलाए । एन्डर ब्रेरेनेटेक्सले ६७ औं मिनेटमा गोल गरेपछि रियल सोसाइडेडसँग रिय मड्रिड ३–१ गोलले स्तब्ध बनेको हो ।

यसअघि नै लिग च्याम्पियन बनिसकेको बार्सिलोनाले भने गटाफेलाई २–० गोलअन्तरले पराजित गरेको छ । यता, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले भने सेल्टा भिगोसँग १–१ गोलको बराबरी खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment