३१ वैशाख, काठमाडौं । महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगितामा आवद्ध क्लबहरुले ११/११ खेलाडी अनुबन्धन गरेका छन् ।
क्वीन्स ईभेन्ट म्यानेजमेन्ट प्रालीले काठमाडौंमा ड्राफ्ट आयोजना गरेको कार्यक्रमबाट प्रत्येक टिमले ११-११ जना खेलाडी टिममा अनुबन्धित गरेका हुन् । नेपालमा पहिलो पटक भएको ड्राफ्टमा खेलाडीलाई चार समूहमा विभाजन गरिएको थियो, जसमा डायमण्ड, रुबिज, सफायर्स र वाइल्ड कार्ड ईन्ट्री थिए ।
डायमण्ड खेलाडीको मूल्य ७५ हजार तोकिएको थियो । त्यस्तै रुबिजको ५० हजार र सफायर्सको २५ हजार रुपैयाँ रहेको थियो । मार्की प्लेयर यसअघि नै घोषणा भइसकेको छ भने अब वाइड कार्ड इन्ट्रीबाट प्रत्येक टिमले दुई जना खेलाडी राख्न पाउनेछन् ।
विराटनगर टाइटन्सको मार्की खेलाडीमा सरिता मगर रहेकी छिन् । चितवन राइनोजमा इन्दु बर्मा, ललितपुर फाल्कोन्समा नेरी थापा, पोखरा पल्टनमा सीता रानामगर र क्याट क्वीन्स काठमाडौंको मार्की खेलाडीमा रुविना क्षेत्री यसअघि नै छानिएका थिए ।
कुन खेलाडी कुन क्लबमा ?
विराटनगर टाइटन्स
मार्की खेलाडी (सरिता मगर), ज्योती पाण्डे, सोनु खड्का, डोली भट्ट, लक्ष्मी चौधरी, आरती बिडारी, सबनम राई, कृतिका मराशैनी, अस्मिना कर्माचार्य, शर्मिला रोकामगर, प्रतिक्षा बस्याल र कृष्णा गुरुङ
ललितपुर फाल्कोन्स
नेरी थापा (मार्की खेलाडी), ममता चौधरी, करुणा भण्डारी, कविता जोशी, सरिता मगर, कृति सेन, रोशनी बोहरा, सिमा थापा, गीता गोशाई, शान्तिकुमारी चौधरी, सम्झना खड्का र अलिशा केसी
पोखरा पल्टन टिम
सीता रानामगर (मार्की खेलाडी), कविता कुँवर, अन्जली चन्द, रुबि पोता, बिन्दु रावल, अनुराधा चौधरी, रेवती धामी, मञ्जुकुमारी बोगटी, राजमती ऐरी, सरस्वती घर्तिमगर, नबिना खड्का र निशा भट्ट
क्याट क्वीन्स काठमाडौं टिम
रुबिना क्षेत्री (मार्की खेलाडी), अप्सरी वेगम, रोमा थापा, सुमन विष्ट, संगीता राई, सरस्वती चौधरी, नितु भण्डारी, ममता थापा, इश्वरी विष्ट, लक्ष्मी साउद, ममता राना र रश्मी शर्मा
चितवन राइनोज टिम
इन्दु बर्मा (मार्की खेलाडी), काजोल श्रेष्ठ, ऋतु कजौनिया, सुमन खतिवडा, रेखा रावल, सरस्वती पुन, अश्मिता खरेल, प्यारी चौधरी, कन्चन श्रेष्ठ, सन्तोषी कुमारी चौधरी, सन्जु लामा र सावित्रा जिसी
प्रतिक्रिया 4