Comments Add Comment

पाकिस्तानमाथि इंग्ल्यान्डको प्रभावकारी जित

Photo Credit : आईसीसी

१ जेठ, काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई सहजरुपमा पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा घरेलु टोली टोली इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । ३५९ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ४४.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो । इंग्ल्यान्डको जितमा जोनी बेइरस्टौले १२८ रन बनाए । उनले ९३ बलमा १५ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, जासन रोयले ७६, मोइन अलीले ४६, जोए रुटले ४३ र बेन स्टोक्सले ३७ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेटको क्षतिमा ३५८ रनको विशाल स्कोर बनाएको थियो ।

पाकिस्तानका लागि उमाम उल हकले १५१ रन बनाउँदै आफ्नो टिमलाई उकासेका थिए । उनले १३१ बलमा १६ चौका एक छक्का प्रहार गरे । त्यस्तै, आसिफ अलीले ५२ र हरिस सोहिलले ४१ रन बनाए । बलिङतर्फ इंग्ल्यान्डका क्रिस वक्सले ४ विकेट लिए ।

जितसँगै इंग्ल्यान्डले पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा २–० को अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment