+
+
Shares

भरतपुरमा ८ करोडमा तारापुञ्ज रिसोर्ट खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते १५:१८

१ जेठ, चितवन । चितवनको भरतपुरमा ८ करोड रुपैयाँ लागतमा तारापुञ्ज रिसोर्ट खुल्ने भएको छ । तारापुञ्ज सहकारी संस्थाले शेयर सदस्यहरुको लगानीमा रिसोर्ट सञ्चालनको तयारी गरेको हो ।

रिर्सोटको बुधवार एक कार्यक्रमका बीच प्रदेश सांसद कृष्णप्रसाद भूर्तेलले शिलान्यास गरे । करिब १ विघा १ कठ्ठा क्षेत्रफलमा फैलिने रिर्सोटमा १० वटा भिल्ला रहने छन् । त्यसमा ५० बेड रहने छ ।

रिर्सोटमा ६ सय जना अट्ने ठूलो हल, ३ सय जना, १५० जना र ७५ जना अट्ने अरु हलहरु रहने सहकारीका अध्यक्ष सुदीप रेग्मीले अनलाइनखबरलाई जानकारी दिए ।
सहकारीमा आवद्ध ८ सय जना शेयर सदस्यको लगानीमा रिसोर्ट निर्माण हुन थालेको हो ।

सहकारीभन्दा बाहिरका तर सहकारी अभियानमा लागेका अगुवाहरुलाई पनि कुल सदस्य संख्याको पाँच प्रतिशत शेयर लगानी गर्न दिइने छ ।

न्यूनत्तम ५० हजारदेखि अधिकतम एक लाखसम्म लगानी गर्न सकिने अध्यक्ष रेग्मीले बताए । आगामी पुष महिनासम्म निर्माण सक्ने लक्ष्य रहेको रेग्मीले जानकारी दिए ।

चितवन जिल्ला र जिल्ला भएर अन्यत्र जाने सहकारीकर्मीहरुलाई बस्न खान सुविधा होस् भनेर सहकारीमैत्री वातावरण दिने उद्धेश्यले रिर्सोट निर्माण गरिएको अध्यक्ष रेग्मीको भनाइ छ ।

‘नेपालकै पहिलो सहकारी चितवनको बखान सहकारी हो, यहाँ थुप्रै सहकारी छन्, पर्यटकीय क्षेत्र पनि छ, विभिन्न जिल्लाबाट आउने सहकारीकर्मीहरुलाई लक्षित गरी रिर्सोट खोल्न लागेका हौं’अध्यक्ष रेग्मीले भने, ‘सहकारीकर्मीको हव चितवन बनाउन चाहान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?