Comments Add Comment

४ करोड फलोअर्स पुग्दा प्रियंकाको खुशी

बलिउड र हलिउडमा राम्रै स्थान बनाएकी नायिका प्रियंका चोपडा विभिन्न कारणबाट चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी चलचित्रबाट भन्दा पनि विभिन्न स्क्यान्डलबाट चर्चामा आइरहेकी छिन् । हालै ‘मेट गाला २०१९’मा उनले लगाएको पहिरनको पनि निकै चर्चा र विवाद भएको थियो ।

उनै प्रियंकाले आफ्नो इन्स्टाग्राममा ४ करोड फलोअर्स पाएकी छिन् । बुधबार उनको इन्स्टामा ४ करोड फलोअर्स पुगेको छ । उनले ४ करोड फलोअर्स पुगेको अवसरमा सबै फलोअर्सलाई धन्यवाद भन्दै एक भिडियो पनि सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको भिडियोमा प्रियंकाको अनुहारमा निकै खुसी झल्किएको छ ।

उनले भिडियो सार्वजनिक गर्दै लेखेकी छिन्–‘मेरो इन्स्टा परिवारप्रति धेरै खुसी । तपाईहरु मेरो मनमा हुनुहुन्छ । मलाई माया दिनुभएकोमा र मेरो यात्रामा साथ दिनुभएकोमा यहाँहरुलाई धेरै धेरै धन्वाद । ४ करोडको धनी ।’

कुनै पनि सामाजिक संजालमा ४ करोड फलोअर्स पाउने प्रियंका पहिलो बलिउड कलाकार बनेकी छिन् । अरु कुनै पनि सेलिब्रिटीले ४ करोड फलोअर्स पाएका छैनन् । प्रियंकाको फलोअर्स देशमा मात्र नभएर विदेशमा पनि धेरै छन् । त्यसैले पनि उनले यो आँकडा पार गर्न सफल भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment