Comments Add Comment

काठमाडौंमा नेपाल र भारतबीचको ह्वीलचेयर क्रिकेट (फोटो फिचर)

१ जेठ, काठमाडौं । एसिया कप ह्विल चियर टी–२० क्रिकेट प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।

त्रिवि क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित हुन पुग्यो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । भारतका लागि गौरव विश्वनाथले ५० र परशुराम देशाईले १९ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १४० रन बनाएको थियो । कप्तान दिगमसिंह चेम्जोङले अविजित ६६ रन बनाएपछि नेपालले मध्यम स्कोर बनाएको थियो । त्यस्तै विपिन पौडेलले नटआउट ३३ रन बनाए भने रमेश खत्रीले १५ रनको योगदान दिए ।

राउण्ड रोविनको आधारमा सञ्चाालन भएको प्रतियोगितामा आयोजक नेपालसँगै भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । लिगको शीर्ष स्थानमा रहेका दुई टीमले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो पनि पढ्नुहोस्

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment