 
																			१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका छन् । समाजलाई सभ्य बनाउन सरकारले विधेयक ल्याएको भन्दै संसद भन्दा अगाडि सरेर लोकतन्त्रको बद्नाम नगर्न सचेत गराए ।
भियतनाम र कम्बोडिया भ्रमण पुरा गरी बुधबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले हचुवाका भरमा विधेयक नल्याएको दाबी गरे ।
सरकारले समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन विधेयक ल्याएको भन्दै उनले भने, जहाँ सम्वाद गर्न सकियोस्, परिवारमा बसेर समाचारहरु पढ्न सुन्न सकियोस्, आग्रह वा आक्रोसबस कसैको इज्जतमा हुमर्त लिने गरी आनुचित निराधर कुरा नहोस् । यस्ता कुराले समाजलाई विकृतितर्फ लैजान्छ ।’
उनले संसदमा छलफल नहुँदै विधेयकको विरोध नगर्न सचेत गराए । संसदले छलफल गरेर यथोचित ढंगले पास गर्ने भन्दै उनले भने, ‘हामीले संसद भन्दा अगाडि सरेर लोकतन्त्रको बद्नाम गर्नुपर्ने हुँदैन ।’
मेरा होइन, सांसदको उत्ताउला शब्द डिलिट
सभामुखले आफूले संसदमा प्रयोग गरेको कुनै शब्दलाई असंसदीय भनेर डिलिट गर्न नलगाएको प्रधानमन्त्री ओलीको दाबी छ । मैले गैर संसदीय शब्द प्रयोग नगरेका कारण सभामुखले डिलिट गर्न लगाउने प्रश्नै नआउने उनको भनाइ छ ।
केही सांसदहरुले उत्ताउला, अमर्यादित र असंसदीय शब्द प्रयोग गरेको र सभामुखले त्यसलाई डिलिट गर्न लगाएको उनको दाबी छ ।
जननिर्वाचित संस्थाको अपमान गर्नु बहादुरी ठान्ने प्रवृत्ति देखा परेको उनले बताए । अनाहक र अकारण गणतन्त्रमाथि हमला भइरहेको भन्दै उनले संसदमा भएको घटना पनि त्यही भएको उनको दाबी छ ।
प्रधानमन्त्री ओलीले ल्याएका विधेयकमा बहस गर्न सकिने भन्दै उनले संसदमा विधेयक च्यात्नु शोभनीय नहुने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4