Comments Add Comment

बुटवलका २ पसलमा आगलागी हुँदा लाखौंको क्षति

२ जेठ, बुटवल । बुटवल सङ्गमपथका दुई पसलमा गएराति आगलागी भएको छ । सङ्गमपथस्थित हरि प्रधानको घरको भुँई तलामा रहेको ब्याग हाउस र जुत्ता पसलमा आगलागी भएको हो ।

राति करिब ९ बजेतिर विद्युत् सर्ट भई आलगागी हुंदा  व्यवसायी राजु श्रेष्ठले सञ्चालन गरेको गुल्मी रेसुंगा ट्रेडर्स (जुत्ता पसल) र चिन्कु गुप्ताले सञ्चालन गरेको सगरमाथा ब्याग हाउसका सबै सामान जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।

आगलागीबाट करिब ५० लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।

आगो बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकलको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको स्थानीय बासिन्दा अनुपमान सैंजूले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment